नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ

लोकपथ
294
Shares

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा कार्कीले शपथ ग्रहण गरेकी हुन् ।

पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

नवनियुक्ति प्रधानमन्त्रीको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उपस्थित भएका छन् ।

त्यसै गरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मुख्यसचिव एकनारायण अर्याल लगायतका व्यक्तिहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित भएका थिए ।

शपथग्रहणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरू भने उपस्थित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?