काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशिला कार्की बन्ने गरी सहमति जुटेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको वार्तापछि कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । साथै उनको शपथ आजै राति ९ बजे गराउने तयारी भएको बताइएको छ ।
जेनजी समूहले सुुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए, सोही अनुसार उनको नाममा सहमति जुटेको हो ।]\
यता वर्तमान संसद विघटनको समेत तयारी गरिएको छ । कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेपछि सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी रहेको समेत बताइएको छ । तर अहिलेसम्म अन्य सदस्यहरुको नाम भने किटान भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया