विराटनगर । ‘जेनजी आन्दोलन’का क्रममा अराजक समूहले लगाएको आगो धरानस्थित भाटभटेनी सुपरमार्केटमा अझै निभ्न सकेको छैन । सोही घटनास्थलमा चार जनाको जलेको शव फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो प्रहरीले गरेको खोजतलासीका क्रममा दोस्रो तलामा एक र तेस्रो तलामा तीन गरी चार जनाको शव भेटिएको हो । मंगलबार राति आन्दोलनकै बीच तोडफोड र लुटपाट हुँदा केही व्यक्ति सुपरमार्केटभित्रै फसेको हल्ला चलेको थियो ।
प्रहरीका अनुसार हाल मृतकको परिचय खुलाउने प्रयास भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया