काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘जेनजी प्रदर्शन’का क्रममा क्षतिग्रस्त संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सबैलाई आग्रह गरेको छ ।
कामपा वातावरण विभागकी प्रमुख सरिता राईले शुक्रबार एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइटमा पु-याउन नमिल्ने भएकाले छुट्टै व्यवस्थापन गर्नुपर्ने बताइन् ।
उनका अनुसार फोहर संकलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयलाई सिसाजन्य वस्तु सामान्य फोहरसँग मिसाउँदा समस्या हुने भएकाले सूचनामार्फत सचेत गराइएको हो ।
कामपाले यस्ता फोहरलाई घर वा कार्यालय परिसरभित्रै सुरक्षित रूपमा छुट्टै संकलन गरी राख्न आग्रह गरेको छ । यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सडकमा निस्केको फोहर व्यवस्थापनको काममा कामपा अहिले लागिरहेको राईले जानकारी दिइन् ।
सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिगत घर र कार्यालय सफा गर्ने कार्य सुरु गर्नेछ । यसैबिच, फोहर व्यवस्थापनमा सहयोग पुर्याइदिन विभिन्न संघ–संस्थाले कापमालाई आग्रह गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया