काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट १३ हजार १ सय १४ कैदी बन्दी फरार भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । जसमध्ये १ हजार २ सय ९८ जना मात्र नियन्त्रण र सम्पर्कमा आएको पनि इन्सेकले जनाएको छ ।
विभिन्न जिल्लाका इन्सेक प्रतिनिधिले पठाएको रिपोर्टका आधारमा तयार पारिएको विस्तृत विवरण इन्सेकले शुक्रबार सार्वजनिक गरेको छ ।
इन्सेकले सबै प्रदेशबाट संकलन गरेको विवरणअनुसार अझै ११ हजार ८ सय ६८ कैदीबन्दी फरार छन् । यस्तै कारागारबाट भाग्ने क्रममा ९ जनाको मृत्यु र २५ जना घाइते भएका छन् ।
इन्सेकले कैदी बन्दी फरार भएका कारागार र बाल सुधार गृहमा रहेका १६ हजार ७ सय ९७ जनामध्ये अहिले ४ हजार ८ सय ९५ मात्र कैदमा रहेको पनि जनाएको छ । ३५ जिल्लाका कारागार र बाल सुधार गृहबाट कैदी बन्दी फरार भएको पनि इन्सेकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया