‘हामी भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाउने कुरामा प्रतिबद्ध छौँ, भ्रमको खेती नगरौँ’

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरु भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर अघि बढ्न प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् ।

अहिले सामाजिक सञ्जालदेखि मिडियासम्म प्रमुख दलका नेताहरु भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर जान नमानेको विषय बाहिर आइरहेको छ । महामन्त्री थापाले त्यसबारे आपत्ति जनाउँदै आफूहरु जेनजी आन्दोलनको दमन र विध्वंससहित भ्रष्ट्राचारविरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जाने अडानमा रहेको बताए ।

अहिले अन्तरिम सरकारको प्रमुख बनाउन लागेको भन्दै चर्चामा रहेकी सुशिला कार्कीले नेताहरु भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर अघि बढ्न नमानेको भन्दै समाचार आइरहेका छन् । त्यसमा खण्डन गर्दै महामन्त्री थापाले भ्रमको खेती नगर्न आग्रह गरेका हुन् ।

‘यो सरासर गलत र भ्रामक समाचार हो। हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ। यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?