काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र मोरङ विराटनगर–३ का सुरज कामत रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागूऔषध ओसारपसारमा दोषी ठहर भई कैद सजाय भोगिरहेकी खातुनलाई गएराति भारतीय सीमातर्फ भाग्ने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त गस्तीमार्फत गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ।
त्यस्तै, मोरङका सुरज कामत पनि आन्दोलनकै क्रममा फरार भएका थिए । उनलाई भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्प र टेढागाछ प्रहरीको संयुक्त टोलीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको हो । लागूऔषधको अभियोगमा कैद सजाय भोगिरहेका कामत सीमावर्ती पिलर नम्बर १५४ नजिकै ई–रिक्सा र पैदलमार्ग हुँदै भारत प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।
प्रहरीले दुवैजनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया