नख्खु कारागारबाट निस्केका कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न कारागारले गर्यो अपिल 

रास्वपा सभापति लामिछाने यही कारागारबाट निस्केका थिए

लोकपथ
1.1k
Shares

काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई तत्काल आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

कारागार प्रशासनले तत्काल कारागार नफर्किए भविष्यमा प्राप्त हुने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी पनि दिएको छ ।

नख्खु कारागार प्रशासनले भदौ २४ गते अपराह्न ४ बजे सबैभन्दा पहिला रास्वपा सभापति रवि लामिछानेलाई छाडेको थियो । त्यसपछि त्यहाँबाट १ हजार ४ सय भन्दा  कैदी बन्दी बाहिरिएका थिए । 

लामिछाने ‘मौकाको फाइदा उठाउँदै त्यहाँबाट मुक्त भएको भन्दै’ धेरैले उनको आलोचना गरिरहेका छन् । उनलाई तुरुन्त कारागार प्रशासनको सम्पर्कमा जान पनि जेनजीहरुले नै सुझाव दिइरहेका छन् । लामिछाने कारागारबाट निस्केपछि अन्य कारागारका कैदीबन्दी निस्केको भन्दै त्यसको दोष पनि उनैलाई दिइरहेका छन् । 

रवि लामिछाने बस्दै आएको सो कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय साह ‘टक्ला’सहित केहीलाई भने प्रहरीले हिजो काभ्रेको मंगलटारबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?