काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि लुटिएका धनमाल र हातहतियारसहित भागेका कैदीहरुलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।
आगजनी र तोडफोडपछि लुटिएका १३५ थान हतियारहरु बराम भएको नेपाली सेनाले जनाएको छ ।
जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकासहित देशभरका प्रहरी चौकीदेखि सरकारी भवनहरु निशानामा परेका थिए ।
नेपाली सेनाका अनुसार काठमाडौंको महाराजगञ्ज ईलाकामा विभिन्न मोबाइल तथा विदेशी मुद्रा सहित दुई जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको छ । धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका कैदीहरु मध्ये ४३ जनालाई नियन्त्रणमा लिईएको छ ।
यता झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले तोडफोड र आगजनीका क्रममा लुटिएका धनमाल र हातहतियार बुझाउन आग्रह गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया