काठमाडौं । यतिबेला मुलुकमा अन्तरिम सरकार गठनको तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि पहल लिइरहेका छन् ।
अहिले राष्ट्रपति भवन शीतल निवासमा वार्ता जारी रहेको छ । त्यसका लागि प्रधानसेनापति अशोकराज सिग्देल त्यहाँ पुगेका छन् ।
केहीबेरअघि मात्रै प्रधानसेनापति सिग्देल त्यहाँ पुगेपछि अहिले वार्ता चलिरहेको छ । राष्ट्रपति पौडेलले आगामी अन्तरिम सरकार गठनका लागि विज्ञहरुसँग परामर्श गरिरहेका छन् ।
विकल्पमा विभिन्न व्यक्तिहरुको नाम आए पनि सबै राजनीतिक दलहरुले संवैधानिक प्रक्रियाबाटै अघि बढ्न सुझाव दिइरहेका छन् । यता राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संवैधानिक प्रक्रिया र बाटोबाटै समाधान खोज्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया