काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेनजी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो ।
आम नागरिकहरुमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरू जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो ।
जसकारण पनि समाजमा त्रास पैदा भएको थियो ।
नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ । बजारहरू खुल्न थालेका छन् । हिँडडुल गर्न सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया