संविधानको रक्षाका लागि बारले दीप प्रज्वलन गर्ने

लोकपथ
133
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले संविधानको रक्षा र स्थायित्वका लागि आज साँझ दीप प्रज्वलन गर्ने भएको छ ।

बार अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रका अनुसार साँझ ५ बजे कानुन व्यवसायीहरू कालोकोट र संविधानको पुस्तकसहित उपस्थित भई दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि आज दिउँसो १ बजे ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्ने कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ ।

उपत्यकाबाहिरका बार इकाइहरूले पनि सभामार्फत मृतकप्रति श्रद्धाञ्जलि र घाइतेप्रति सहानुभूति प्रकट गर्ने तयारी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?