काठमाडौं । जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरू खण्डहर भएका छन् ।
प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन सकेको छैन ।
उच्च अदालत पोखरासहितका सरकारी निकायहरु यति बेला खरानी बनेका छन् । नेपाली सेनाले सुरक्षास्थित नियन्त्रणमा लिएसँगै आम नागरिकहरु आवतजावतका लागि बाहिर निस्किन थालेका छन् । अझै समाजमा त्रास कायम छ । सरकारी कार्यालयहरू जलेर नष्ट भएसँगै सेवा प्रवाहमा चुनौती थपिएको छ । साथै आन्तरिक सरकार गठन हुन ढिलाइ भएसँगै समस्या झनै बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया