धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको शव फेला, थप तीन जना हराइरहेको आशंका

लोकपथ
455
Shares

काठमाडौं । धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा शव फेला परेको छ । आज शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ मानव कंकाल फेला परेको हो । शव कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो ।

भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?