‘जेनजीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’

लोकपथ
742
Shares

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन (ब्युरोक्रेसी) तयार रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी पुस्ताको मागअनुसार गठन हुने सरकारसँग सहकार्य गर्न प्रशासनिक संरचना तयार रहेको स्पष्ट पारे ।

अर्यालका अनुसार मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेका छन् । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको जानकारी दिंदै उनले खानेपानी, विद्युत, टेलिफोनलगायत सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।

उनले हाल सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र सुरक्षास्थिति क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको उल्लेख गरे । ‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाबारे छलफल गरी काम अघि बढाइनेछ,’उनले भने ।

मुख्यसचिव अर्यालले सिंहदरबारमा भएको क्षतिबारे प्राविधिक मूल्यांकन सुरु हुने जानकारी पनि दिए । उनका अनुसार प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको छ भने पूर्वाधार र सवारीसाधनको अवस्थाको मूल्यांकनपछि सेवा प्रवाहलाई प्राथमिकताका आधारमा अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?