सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
2k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

 बिहीबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकै दिनमा हजार रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर २ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?