काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्य बदलीको स्थिति देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बदली रहने र पहाडी क्षेत्रमा विशेष गरी कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै यी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति पनि देशभर बदली रहने र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने प्रक्षेपण छ। मधेशसहित यी प्रदेशका पहाडी भूभागमा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया