काठमाडौं । मुलुकमा अन्तरिम सरकार गठनका लागि भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिने विषयमा सहमति जुटेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार मध्यरातसम्म शीतल निवासमा बसेको बैठकमा यो सहमति बनेको हो ।
बैठकमा जेनजी समूह र काठमाडौं महानगर प्रमुख बालेन साहको तर्फबाट संसद् विघटन गरी नयाँ निर्वाचनमा जाने प्रस्ताव प्रस्तुत भए पनि त्यसबारे सहमति भने जुटेन।
स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद् विघटन नगर्ने स्पष्ट अडान लिएका छन् । नेपाली कांग्रेस र एमालेको धारणा पनि यही रहेको बताइएको छ। सभामुख देवराज घिमिरे पनि संसद् कायम राख्ने पक्षमा उभिएका छन्।
संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा भने सहभागीबीच थप छलफल भएको बुझिएको छ ।
यसअघि जेनजी समूहले पनि कार्कीलाई अन्तरिम सरकार प्रमुखका लागि सिफारिस गरिसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया