काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको आफ्नो होटल जलाइएपछि भावुक बनेकी छन् ।
उनले दाङको तुलसीपुरमा कोमल होटल एण्ड रेष्ट्रो चलाउँदै आइरहेकी थिइन् ।
ओलीले सामाजिक सञ्जालमा लेख्दै तुलसीपुरमा रहेको आफ्नो होटेल जलाएको घटनामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताइन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो । मैले सधैं साथ दिएको उमेर समूह जेनजीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन ।’
आफूले खेलाडी, पत्रकार हुँदै कमाएर लगानी गरेको सम्पूर्ण सम्पत्ति जलाइएको बताइन् ।
होटल जलाइएपछि कोमल ओली– ‘नियतवस मेरो पसिना आँसु र सपना खरानी बनाइयो’
काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको आफ्नो होटल जलाइएपछि भावुक बनेकी छन् ।
उनले दाङको तुलसीपुरमा कोमल होटल एण्ड रेष्ट्रो चलाउँदै आइरहेकी थिइन् ।
ओलीले सामाजिक सञ्जालमा लेख्दै तुलसीपुरमा रहेको आफ्नो होटेल जलाएको घटनामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताइन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो । मैले सधैं साथ दिएको उमेर समूह जेनजीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन ।’
आफूले खेलाडी, पत्रकार हुँदै कमाएर लगानी गरेको सम्पूर्ण सम्पत्ति जलाइएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया