संखुवासभामा भोलि बिहानसम्म कर्फ्यू

लोकपथ
56
Shares

काठमाडौं । जेनजी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागू गरिएको कर्फ्यू आदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः००  बजेसम्म कायम रहनेछ ।

 कर्फ्यू अवधिभर निषेधित क्षेत्रमा  सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई  कारबाही गर्ने चेतावनी  दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?