रुपन्देही । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरूले निस्कन पाउनु पर्ने माग गर्दै बिहीबार दिउँसो आगजनी र तोडफोडमा उत्रिएका छन् ।
कैदीहरूले कारागारको भित्री गेटमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हाे ।
आगो नियन्त्रणमा लिन प्रयास भइरहेका बेला कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोलीसमेत प्रहार गरिएको स्रोतले जनाएको छ । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा रहेको छ ।
यसअघि हिजो मात्रै बाँकेको नौवस्तास्थित बालसुधार केन्द्रमा कैदीसँगै भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । लगातार दुई दिनदेखि देखिएको अशान्तिले बाँकेका कारागार तथा सुधार गृह क्षेत्र तनावग्रस्त बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया