सर्वोच्च अदालतले आइतबारबाट कामकारबाही सुचारु गर्ने

लोकपथ
455
Shares

काठमाडौं । आगामी भदौ २९ गते आइतबारबाट सर्वोच्च अदालतले आफ्नो कामकारबाही सुचारु गर्ने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज विज्ञप्ति जारी गर्दै बन्दी प्रत्येक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ गर्ने जनाएका हुन् ।

‘यस अदालतमा मिति २०८२–०५–२९ गते आइतबार देखि बन्दी प्रत्येक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने व्यहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

भदौ २४ को जेनजी आन्दोलनको मारमा परेको सर्वोच्च अदालतमा सबै फाइलहरु जलेर नष्ट भएका छन् । केही बँचेका फाइलहरु आगजनी र भौतिक क्षति हुन नदिन खट्ने न्यायाधीश, कर्मचारी, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थी, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?