संवैधानिक बाटोबाटै राजनीतिक निकास दिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

लोकपथ
217
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विद्यमान अवस्थाबाट संवैधानिक बाटोमै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले हालैको ‘जेनजी’ आन्दोलनपश्चात् प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू अझै कायम रहेकाले यिनकै माध्यमबाट समाधान खोजिनुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा सबैलाई आह्वान गरिन् । आन्दोलनरत पक्षको माग र चाहनालाई समेत सम्बोधन हुने गरी राजनीतिक निकास दिनुपर्ने उनको भनाइ छ ।

आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले हिंसात्मक गतिविधि कसरी भए भन्नेबारे गम्भीर समीक्षा गर्न पनि आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?