डडेल्धुरा कारागारबाट भागेका ६ कैदी बैतडीमा पक्राउ

लोकपथ
133
Shares

बैतडी । डडेल्धुरा कारागारबाट ‘जेनजी’ आन्दोलनको मौका छोपेर भागेका छ कैदीलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त सुरक्षा टोलीले पाटन नगरपालिका–१ सकारबाट भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई–दुई जना तथा दार्चुला र बैतडी घर भएका एक–एक जना छन् । उनीहरू कर्तव्य ज्यान, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका थिए ।

बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरी कैदी फरार भएपछि संयुक्त सुरक्षा टोलीले खोजतलासका लागि ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

प्रजिअ पौडेलका अनुसार पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरी डडेल्धुरा प्रहरीको जिम्मा लगाइने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?