अनेरास्ववियुका अध्यक्ष कडरियाले लिए राजीनामा फिर्ता

लोकपथ
4.5k
Shares

काठमाडौं । एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाले सामाजिक सञ्जालमार्फत दिएको आफ्नो राजीनामा फिर्ता लिएका छन् । 

केही दिनअघि राजीनामा घोषणा गरेका उनले आज सामाजिक सञ्जालबाटै राजीनामा फिर्ता लिएका हुन् ।  हातहतियारसहित केही व्यक्तिले आक्रमण गरेपछि आफूले बाध्य भएर राजीनामा दिनु परेको उनको भनाइ छ । 

। उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि म एमाले पार्टी छाड्ने छैन ।’

आक्रमणको क्रममा घरमै चोट लागेको तस्बिर पनि उनले प्रमाण स्वरूप सार्वजनिक गरेका छन् ।

कडरियाले परिस्थितिको सामना गर्न नसक्दा कमजोरी देखाएको स्वीकार गर्दै एमालेका कार्यकर्तासँग माफी मागेका छन् ।

कडरियाले समाजिक सञ्जालमा भनेका छन्
जेनजी पुस्ताको नाममा मेरो घरमा हातहतियारसहित आक्रमण गर्न आएको विषय पूर्ण सत्य हो। उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए। शारीरिक हातपात त भयो नै, त्यसमाथि जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य बनाइयो।सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जिउँदो हुने थिइन। तर यो प्रष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। हो,मलाइ मार्न आएका हुन् यो सत्य हो, मलाइ हातपात पनि भयो र मार्न खोजियो,एक जना चिनेको भाइले बचाएकै हो, ऊप्रति जिवनभर कृतज्ञ रहनेछु।

आज हामी सवैले एक अर्कालाइ दोसारोपण होइन एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निमित्त सवै एक हुन जरुरी छ । यतिवेला अव कसैले मारेछन्,भनेपनि एमाले छोड्दिन,यो नै सत्य हो। यो सवै परिस्थिले पुष्टि हुन्छ कि देशलाइ माया गर्ने एमाले नै हो।कुनै पनि आन्दोलनले देशको शिहंदरवार जलाउन सक्दैन, अदालत जलाउन सक्दैन। विद्यार्थी मार्दा हामीले गलत भयो भन्यौं, अव यति ढुक्क साथ भन्छु त्यस पछि झनै अराजकता बढेको छ।देश संविधान अनुसार नै चल्नु पर्छ ।देशका वरिष्ठ नेताहरु यो परिस्थितिको सामना गर्न नसक्दा मबाट कमजोरी भएकै हो। यसबाट एमाले जनमा पुर्याएको चोट प्रति क्षमा प्रार्थि छु।सबै परिस्थीतीको निम्ती आत्मआलोचित छु।मानिसले भुलहरु बाट नै सच्चिने हो।अहिलेलाइ म ठिक छु ।देश वचाउन सक्यौं भने हाम्रो जित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?