कानून व्यवसायी भन्छन् : ‘जेनजी पुस्ताको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ’

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनप्रति आफ्नो धारणा व्यक्त गर्दै यसका माग संविधानभित्रै समाधान गर्नुपर्ने बताएका छन् ।  बारले संसद् हाल पनि चालु रहेको र संवैधानिक मार्गबाटै समस्याको निकास खोजिनुपर्ने जोड दिएको छ । 

भर्चुअल बैठकमा बोल्दै कानुन व्यवसायीहरूले सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु आवश्यक रहेको बताए । वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधि सभाका सदस्यबाट प्रधानमन्त्री चयन, मन्त्रिमण्डल गठन र संविधानको अक्षुण्णता सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वकानूनमन्त्री गोविन्द बन्दीले जेन जी आन्दोलनको उत्पत्ति र यसको मूल कारण स्पष्ट गर्न जरुरी भएको बताए । कानुन व्यवसायीहरूले बारले संविधानमाथि कुठाराघात भए खबरदारी गर्नुपर्ने र आवश्यक परे सडकमा समेत आउन तयार रहनुपर्ने बताएका छन् ।

नेपाल बारले संविधानभित्रै विकल्प खोज्नुपर्ने, न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने र जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध रहेको कुरा स्मरण गराउनुपर्ने उल्लेख गरेको छ ।

बारका अनुसार संविधान संशोधन गरेर वा प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गरी चुनावी सरकार पनि अविलम्ब अघि बढाउन सकिने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?