काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण भन्दै स्वास्थ्य मन्त्रालयले मृतकको संख्याबारे जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, १ हजार ३ सय ६८ जना घाइते भएका छन् । जसमध्ये ३ सय २१ जना अस्पतालमा उपचाररत छन् भने ९ सय ४९ जना डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया