काठमाडौं उपत्यकामा जनजीवन क्रमशः सामान्य हुँदै, सेनाको नेतृत्वमा सुरक्षा प्रभावकारी

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्यतर्फ फर्किरहेको छ । नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनको नेतृत्व लिएको छ ।

आन्दोलनरत जेनजीका प्रतिनिधिहरु वार्ताका लागि छनोट प्रक्रियामा छन् भने विभिन्न सङ्घ–सङ्गठनले समस्याको समाधान खोज्न आह्वान गरिरहेका छन् । सडकमा सरसफाइ अभियान र आगजनी गरिएका कार्यालयको व्यवस्थापन कार्य भइरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ, आज बिहान ६–९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ । यसैगरी साँझ ५–७ बजेसम्म पनि खुला गरिएको छ । निषेधाज्ञा भदौ २६ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र कर्फ्यू भदौ २६ गते साँझ ७ बजे देखि भदौ २७ गते बिहान ६ बजे सम्म जारी रहनेछ ।

निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सेवा, खाद्यान्न, इन्धन, औषधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीका सवारीसाधन सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ। सरकारी कार्यालय, बैंक तथा विमानस्थलसम्मको आवतजावतका लागि पनि परिचयपत्र वा टिकट देखाउन पर्याप्त हुनेछ ।

सुरक्षा व्यवस्थापन प्रभावकारी भएको र अनावश्यक भिडभाड तथा हिँडडुल पूर्णरूपमा निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?