अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

लोकपथ
343
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न निर्देशन दिएको छ ।

बिहीबार जारी गरिएको विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाले गरेको व्यवस्थाबमोजिम आवतजावत हुने गरी संवेदनशील प्रणाली सञ्चालन गरेर अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न भनिएको छ ।

अन्य प्रणाली भने रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?