पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

लोकपथ
119
Shares
फाइल तस्बिर

गुल्मी । अविरल वर्षापछि गएको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । 

बुधबार रातिदेखि परेको लगातार वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से भन्ने स्थानमा सडक माथिबाट ठुलो मात्रामा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो ।

सडक अवरुद्ध भएको सूचना पाएपछि प्रहरी चौकी पुर्तीघाटबाट खटिएको टोलीले बिहीबार बिहानैदेखि सडक खुलाउन प्रयास गरिरहेको भए पनि लगातारको वर्षाले काममा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

सडक बन्द भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन नसकेको जनाइएको छ । वर्षा रोकिए लगत्तै पहिरो पन्छाउन कालिका कन्स्ट्रक्सनले आवश्यक उपकरण तयारी अवस्थामा राखेको प्रहरीको भनाइ छ ।

सो स्थानमा वर्षा हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?