चितवन । जिल्लामा लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार भदौ २४ गतेदेखि जारी कर्फ्यु आज बिहान ६ बजेबाट हटाएर निषेधाज्ञा लागू गरिएको हो ।
उनका अनुसार जिल्ला सदरमुकामभरि रहेका बैंक तथा वित्तीय संस्थाहरू दिउँसो १ बजेसम्म सञ्चालन हुनेछन् भने सरकारी कार्यालयहरू भने नियमित रूपमा खुला गरिएका छन् ।
प्रजिअ अर्यालले निषेधाज्ञा कार्यान्वयन गर्दै जनजीवन क्रमशः सहज बनाउन पहल भइरहेको जानकारी दिए । अहिले सडकमा सवारीसाधनको आवागमन सहज बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया