नयाँ सरकारको नेतृत्वका लागि आज जेनजी र नेपाली सेनाबिच वार्ता हुने

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज जंगी अड्डामा अन्तरिम सरकार नेतृत्वका लागि छलफल हुने भएको छ ।

बुधबार जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर जेनजी समूहको नेतृत्व र वार्तामा बस्ने विषयमा देखिएको विवादका कारण औपचारिक छलफल हुन सकेको थिएन । त्यसपछि नेपाली सेनाले आन्तरिक सहमति कायम गर्न आग्रह गरेको थियो ।

जेनजीबाट प्रस्तावित कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत समर्थन जनाएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । युवाहरूको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?