उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो, बिहान ४ घण्टा र बेलुकी २ घण्टा आवतजावत गर्न पाइने

लोकपथ
5.9k
Shares

काठमाडौं । नेपाली सेनाले  काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्यु आदेशमा परिमार्जन गरिएको छ।

हालको सुरक्षा परिस्थिति मूल्यांकनका आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्यु आदेशमा परिमार्जन गरिएको हो । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै जनताको सुरक्षालाई ख्याल गर्दै नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।

विज्ञप्ति अनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ। त्यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म कर्फ्यु आदेश लागू हुने बताइएको छ।

यद्यपि, अत्यावश्यक कार्यका लागि केही समय आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ। भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि नागरिकलाई आवतजावत गर्न अनुमति दिइने उल्लेख गरिएको छ।

नेपाली सेनाले नागरिकलाई आवश्यक सुरक्षात्मक सावधानी अपनाउन अनुरोध गर्दै आदेश पालना गर्न आग्रह गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?