काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् ।
प्रसाईँले बुधबार दिनभर प्रधानसेनापति सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन् ।
दिनभर देशको पछिल्लो राजनीतिक अवस्था र आगामी बाटोबारे गहिरो छलफल भए पनि आफूमा कुनै नेतृत्वको मोह नभएको दाबी गरेका छन् ।
‘आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो।
यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ । मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो,’ उनले भनेका छन् ।
त्यस्तै जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीमध्ये एकलाई नेतृत्व स्वीकार गर्न तयार रहेको बताएका छन् ।
‘जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया