काठमाडौं । नवयुवा समूह यानेकी जेनजी पुस्ताको भर्चुअल बैठक जारी छ ।
त्यहाँ उनीहरुले आफ्नो प्रतिनिधि कसलाई बनाएर देशको नेतृत्वमा पठाउने भन्ने छलफल चलिरहेको छ । त्यहाँ हजारौँको सहभागिता रहेको छ । साथै युवाहरुले विभिन्न विकल्पका बारेमा छलफल समेत गरिरहेका छन् ।
जेनजी पुस्ताका केही प्रतिनिधिहरुले नेपाली सेनाको समन्वयमा राष्ट्रपतिसँग वार्ता गर्न कसलाई प्रतिनिधिका रुपमा पठाउने भन्ने विभिन्न कोणबाट छलफल भइरहेको छ ।
विभिन्न विकल्पमध्ये पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीदेखि सागर ढकालसम्मको नाम आएको छ । छलफलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारे समेत छलफल भएको छ ।
त्यसो त आजै केही जेनजीका प्रतिनिधिहरुले नेपाली सेनाले दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी समेत स्टेक होल्डर रहेको र छलफल गर्न भनेको खबर सामाजिक सञ्जालमा लेखेका छन् । यद्यपि त्यसबारे नेपाली सेनाले भने आधिकारिक रुपमा केही बोलिसकेको छैन ।
यता जेनजीको छलफलमा भने दुर्गा प्रसाईँ र रास्वपा आन्दोलनको स्टेकहोल्डर नभएको र दुवै पक्षसँग कुनै छलफल नहुने एक युवाको तर्क छ ।
‘दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो स्टेकहोल्डर होइनन्,’ उनले भनेका छन् ।
साथै आगामी नेतृत्व कसलाई छान्ने भन्नेमा उनीहरुबिच मतमतान्तर देखिएको छ । युवाहरुले देशलाई आर्थिक मन्दीको अवस्थाबाट द्रुत गतिमा अघि बढाउन सक्ने व्यक्तिलाई प्रतिनिधिका रुपमा पठाउनुपर्ने धारणा राखिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया