जेनजी आन्दोलनमा कुटिएका देउवा दम्पति अस्पतालमा उपचाररत, टाउकोमा धारिलो हतियारको प्रहार

लोकपथ
63
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा अहिले अस्पतालमा उपचाररत छन् । दुवैजनाको स्वास्थ्य खतरामुक्त रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

मंगलबार भएको हिंसात्मक प्रदर्शन र आगजनीमा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो । त्यही क्रममा घरभित्र रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए । नेपाली सेनाले उनीहरुलाई उद्धार गरी बेलुकी काठमाडौंको एक अस्पताल पुर्‍याएको हो ।

आन्दोलनकारीले हेलिकोप्टरमार्फत लैजाने प्रयासमा लामो समय अवरोध गरेपछि मात्रै सेनाले उद्धार गर्न सकेको थियो । उद्धारका क्रममा उनीहरूलाई टाउकोमा धारिलो हतियार (खुकुरी हुन सक्ने अनुमान) प्रहार भएको चिकित्सकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?