काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता, कार्यकर्ता र समर्थकलाई विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य–मान्यता, सामाजिक न्याय र विधिको शासनप्रति अविचलित रहन सबैलाई आह्वान गरेका छन् ।
‘जस्तोसुकै कठिन परिस्थिति आए पनि रुपान्तरणकारी आन्दोलनका पक्षमा दृढ रहन नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनतालाई हार्दिक अनुरोध गर्दछु,’पोखरेलले लेखेका छन् ।
उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, जनधनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडप्रति निन्दा व्यक्त गरेका छन् । साथै, सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया