धादिङ । कारागार कार्यालय धादिङमा आगजनी गरिएको छ । कैदी बन्दीहरूले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका छन् ।
कारागारभित्र सुरुमा आगो लगाउने र त्यसपछि भाग्ने कोसिस भएपछि प्रहरी र नेपाली सेनाले बल प्रयोग गरेको छ । कारागार नै तोडफोड गरी भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली चलेपछि ८ कैदी बन्दी घाइते भएका छन् । घाइतेमध्ये एक कैदी बन्दीको मृत्यु भएको बुझिएको छ ।
जेलबाट रवि लामिछाने छुटेपछि आफूहरू पनि छुट्न पाउनुपर्ने भन्दै उनीहरूले कारागारमै आगजनी गरी भाग्ने कोसिस गरेका थिए ।
घटनापछि थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । धादिङका सिडिओ विजयराज सुवेदीले बुधबार जारी गरेको आदेशअनुसार जिल्लाभर ५ जनाभन्दा बढी भेला भई जुलुस, धर्ना, अनशन, घेराउ, सभा तथा प्रदर्शन जस्ता गतिविधि गर्न रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया