काठमाडौंमा ‘जेनजी’ सरसफाइ अभियान

लोकपथ
28
Shares

काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका थिए । सार्वजनिक, सरकारी र व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको थियो भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

तर, बुधबारदेखि प्रदर्शनकारी जेनजीले यस पटक सरसफाइमा हात हालेका छन् । उनीहरू कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सिंहदरबार वरिपरि, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथली र अन्य प्रभावित क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका छन् ।

सरसफाइमा संलग्न जेनजी दानसिंह धामीका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहले काम गरिरहेका छन् । केशव सिलवाल र केपी खनालजस्ता अन्य नेतृत्वकर्ताहरूले पनि अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौं महानगरपालिकासँग मिलेर संकलित फोहर, प्लास्टिक, कागज, पानीका बोतल, जलाइएका गाडी र मोटरसाइकलका टायर हटाइएको छ ।

जेनजीका खगेन्द्र रोकायाले भने, ‘आन्दोलन र तोडफोडका क्रममा सिर्जना भएका फोहर हटाउने काम हाम्रो समूहले गरिरहेको छ ।’ नयाँ बानेश्वर, मीनभवन लगायतका क्षेत्रको सडकमा पनि सरसफाइ भइरहेको छ ।

सरसफाइ अभियानले स्थानीय बासीलगायत प्रशासनलाई राहत पुगेको र सकारात्मक सन्देश दिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?