काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा आगजनी भएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, आगलागीमा कार्यालयमा रहेका अधिकांश कागजात काम नलाग्ने अवस्थामा जलेका छन् । अहिले प्राधिकरणको काम दुई कार्यालयमार्फत सञ्चालन भइरहेको छ भने सिनामंगलस्थित कार्यालय सुरक्षित रहेको छ ।
बबरमहल कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय, प्रशासन, वित्त र आन्तरिक अडिट विभागका साथै वायुसेवा कम्पनीहरूको नियम सम्बन्धी महत्त्वपूर्ण विभागहरू (सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ) रहेका थिए। सेन्ट्रल लाइब्रेरी र कानुन विभागका कागजात पनि जलेका छन् ।
ज्ञानेन्द्र भुलले भने, ‘आगलागीका कारण नागरिक उड्डयन प्राधिकरणका धेरै महत्त्वपूर्ण डेटा ध्वस्त भएका छन् ।’
यद्यपि, विमानस्थल कार्यालयमा सुरक्षा सेनाले दिएका कारण उडानमा ठुलो अवरोध भने आएको छैन । अवस्था सामान्य हुनासाथ उडानहरू सञ्चालनमा आउने प्राधिकरणले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया