काठमाडौं । संघीय संसद सचिवालयले आजका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेको थियो ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलए पनि वर्तमान परिस्थितिका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले मंगलबार नै विज्ञप्ति जारी गरेर बैठक अनिश्चित कालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १ः०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
जेनजी समूहको आन्दोलन आक्रामक बनेपछि मंगलबार संसद भवनमा आगजनी र तोडफोड भएको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर सरकारी निवास बालुवाटार छाडेर भागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया