भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

लोकपथ
168
Shares

काठमाडौंं । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भए पश्चात आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ ।

सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौंं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?