काठमाडौं । आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवन र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक/एक जना व्यक्तिको शव फेला परेको छ ।
मन्त्री थापाको भवनमा आज बुधबार बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको हो । यस्तै मन्त्री थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको स्वरूममा पनि आज बिहान एक महिलाको शव फेला परेको थियो ।
यस्तै, प्रचण्डकी छोरी गंगा दाहालको ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको घरमा मंगलबार आगजनी भएको थियो ।
ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा फेला परेका एक जना पुरुषको पहिचान हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया