काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि पनि सरकारी भवनमा आगो लगाइएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यस्तो घटनामा राज्यका जिम्मेवार निकायहरूले कुनै कदम नचालेको डर लाग्दो छ र यो घटनालाई धेरै समयसम्म सम्झिरहिने विषय हुने छ ।’
उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहले हस्तक्षेप गरेर आन्दोलन भड्काएको बताए । सांसद गिरीका अनुसार सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको पनि चिन्ता भएको छ ।
गिरीले भने, ‘देशमा सुशासन होस्, विकासको बाटो खुलेस् र युवाले सम्मानित जीवन जिउन सकुन् भनेर नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आएको थियो । तर, भदौ २३ मा स्वार्थी समूहले हस्तक्षेप गरे र सुरक्षा निकायले पनि काम गरेन ।’
सांसद गिरीले थपे, ‘जेन जी बालकहरूले सडकमा प्राण गुमाउनु राष्ट्रिय स्तरको पीडा भएको र यस अवसरलाई विदेशी शक्ति तथा अपराधीहरूले उपयोग गर्ने प्रयास गरेको छ ।’
उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, अस्पताल, विद्यालय, बैंक, व्यापारिक भवन र निजी सम्पत्ति जलाइयो। राज्य निकायहरू मूकदर्शक बने, यो कुरा धेरै डर लाग्दो छ ।’
सांसद गिरीले नयाँ पुस्ताका लागि लोकतन्त्रसहित समृद्ध नेपाल निर्माण आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया