काठमाडौं ६ नम्बर क्षेत्रका उम्मेद्धवारहरुको यस्तो छ एजेण्डा

तराई, पहाड र हिमाल सबै ठाउँमा एउटै किसिमले सेना परिचालन हुन्छ : रक्षा मन्त्री प्रधान

‘‘ढुक्क हुनुहोस्, कांग्रेसले बुहमत ल्याउँछ, वाम गठबन्धनलाई पराजित गर्छौ’’झक्कु सुवेदी भन्छन्,‘अब म भोलिदेखि ६ नम्बर क्षेत्रमा डेरा सर्छु, त्यहाँकाजनताले मलाई नै मत हाल्छन्’विवेकशीलका उम्मेद्धवार चिलुवाल भन्छन्,‘कांग्रेस सागबाट गुन्द्रुक भैसक्यो’

काठमाडौं, १७ कार्तिक । रक्षामन्त्रीभीमसेनदास प्रधानले आगामीमंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागिमधेशमाविशेष रुपमा सेना परिचालनगर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘मधेश, पहाड र हिमाल सबै ठाउँमा एउटै तरिकाले सेना परिचालन हुन्छ, कुनै एक क्षेत्रमाविशेष रुपमा सेना परिचालनगर्ने निर्णय भएको छैन्।’राजधानीमा आयोजना गरिएको विशेष चुनावी साक्षात्कारमाकार्यक्रममाबोल्दै काठमाडौं क्षेत्र नम्बर ६ काकांग्रेसबाट उम्मेद्धवार समेत बनेका रक्षामन्त्रीप्रधानले अहिले मुलुकमाअतिवाद र उग्रवादको बीचमाचुनावहुन गैरहेकोले चुनावको सुरक्षाको लागिपहिलो घेरामा नेपालप्रहरी, दोस्रो घेरामा सशस्त्रप्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालनगर्ने पूर्ववर्ती निर्णय यथावत नै रहेको बताएकाहुन् उनले मधेशमाविशेष रुपमा सेना परिचालनगर्ने भनेर अहिले कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे । मन्त्रीप्रधानले भने,‘अहिले मधेशमाकुनै संवेदनशीलता देखिएको छैन, सबै ठाउँमा उहीहो, मधेश र पहाड दुवै क्षेत्रमा सेनाउही रुपमा परिचालन गर्छौं, यो निर्णय पनिअहिले भएको होईन, एक महिना अघि नै भएको निर्णय हो।’उनले आगामीनिर्वाचनमाआफ्नो पार्टीले बहुमतल्याउने समेत दाबी गरे । उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनावहुनु नै कांग्रेसको जितहो, हामीलाई जसले हारोस वाजितोस भन्नेमाकुनै चिन्ता छैन, चुनावहुनु नै हाम्रो जितहो, राष्ट्रको जितहो।’ ०६४ को निर्वाचनमापनिआफ्नो पार्टीले चुनावहार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापतिगिरिजाप्रसादकोइरालालाई थाहाहुँदाहुँदै पनिमुलुकले जित्ने देखेर चुनावगरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनावजित्ने दाबी गरे माओवादी केन्द्रले चुनावको मुखमाआएर एमालेसँग् गठबन्धन गर्नु असुरक्षितमहशुस गर्नु नै भएको आरोप लगाउँदै प्रधानले भने,‘अहिले गठबन्धन बन्नुको मुख्यप्रभावभनेको नै ३ प्रतिशत थ्रेसहोल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षितमहशुस गर्यो, र एमलेको सत्ताआशक्तले गर्दा यस्तो भयो।’अहिले चुनावको मुखमाकांग्रेसभित्र गुटैगुट छ निभनेर पत्रकारले सोधेको एक प्रश्नमामन्त्रीप्रधानले भने,‘हरेक पार्टीमा गुट छ, अमेरिकाको डमोक्रेटिक पार्टीमा त ओबामा र हिलाी क्लिन्टनहरुको बेग्लाबेग्लै गुट छ।’यद्धपी उनले उम्मेद्धवारी दर्ताको बेलाबागीउम्मेद्धवारी दर्ता भएको घट्नालाई नौलो रुपमानलिनकोलागि समेत आग्रह गरे । उनले थपे,‘तपाईहरुले गोविन्दराजजोशीको कुरा गर्नुभएको होला, जोशीले रामचन्द्रजीको विरुद्धमा उम्मेद्धवार दिनु गुट होईन, यो त धेरै पहिलेदेखिको व्यक्तिगत टकरावहो, पार्टीगतहोईन, यसले केही असर गर्दैन्।’मन्त्रीप्रधानले आफ्नो चुनावी क्षेत्रमावाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेकामाओवादी केन्द्रका नेताझक्कुप्रसाद सुवेदीलाई चुनावी मैदानमा स्वागत रहेको बताएकाथिए । उनले थपे,‘झक्कुजीलाई स्वागत छ, आगामीदिनमा समेत यसरी नै चाहार्दै जानुहोला।’उनले आफूहरुलाई निषेधको राजनीतिमाकुनै रुचि नै नभएको भन्दै सबैलाई स्वच्छ प्रतिष्पर्धामाल्याउने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए उनले भने,‘हाम्रो पार्टी भनेको सबैसँग सहकार्य गरेर जानुपर्छ भन्ने हो, हुन त हाम्रै पार्टीको नेतवत्ृमा संविधानजारी भयो, चुनावपनिहाम्रै पालामाभयो, मधेशमाचुनावभयो, अबपनिप्रदेश र प्रतिनिधि सभाको निर्वाचननिश्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्नगर्न गैरहेका छौं।’मन्त्रीप्रधानले आफ्नो चुनावीएजेण्डा भनेको नै पार्टीले चुनावी घोषणपत्र सार्वजनिकगरिसकेकोले अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि नै भएको बताए । उनले भने,‘हुन त आजको दिनसम्महामीले जे जति राजनीतिकउपलब्धिहरु हाँसिल गर्यौं, ती सबै अस्थिरताकाबीचमाहाँसिल गरेका छौं, अबती सबै उपलब्धिहरु संस्थागतगर्नु र संविधानकार्यान्वयनगर्ने चरणमा हामी छौं, चुनाव सम्पन्न भएपछि मुलुक स्थायित्व र आर्थिक समृद्धितर्फ अघि बढ्छ।’उनले एमाले–माओवादी केन्द्रवीचबनेको गठबन्धन वामपन्थीवा कम्युनिष्ट गठबन्धन केहीनभएर चुनावजित्न र सत्तालिप्साको लागिमात्रै भएको आरोप लगाए । उनले थपे,‘त्यसैले जनतालाई कुन पार्टी ठिक वा बेठिक भन्ने कुरा राम्रोसँग थाहा छ, जनताको मतअबकांग्रेसलाई खस्छ।’उनले यो चुनावको पक्षधर कांग्रेस भएकोले आफूहरुलाई जनताको उत्साहजनकमतआउने विश्वास दिलाए त्यस्तै उनले हालै कमलादीमाभएको गोली काण्डको घट्नाआफूहरुको विषयनभएकोले गृहमन्त्रालयले हेरिरहेको जनाए वाम गठन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ काउम्मेद्धवार बनेकाझक्कुप्रसाद सुवेदीले अबको निर्वाचनपछि वामपन्थीहरुले अत्यधिकबुहमतको सरकार बनाउने र देशलाई समृद्धितिर लैजाने भएकोले आफूले जितेपछि जनताको सेवामा समर्पित हुने विश्वास दिलाए सुवेदीले वामपन्थीहरुको सरकार बनेपछि मुलुकमा रोजगारी सिर्जनाहुने र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो मुख्यएजेण्डा भनेको नै आर्थिक समृद्धि र राष्ट्रिय स्वाधिनता नै हो, त्यस्तै गरिबीउन्मुलन र स्वदेशमा रोजगारी खोल्ने हो।’उनले आफू भोलिदेखि जनताको घरदैलोमानिस्किने समेत जनाए । सुवेदीले थपे,‘भोलिदेखि म जनताको घरदैलोमाजाँदैछु, म हरेक जनताको समस्या सुन्नेछु, त्यहीअनुसार के गर्न सक्छु भन्ने कुराको म प्रतिबद्धता जनाउनेछु, तर जनतासामू गरेका सबै वाचाहरु पूरा गर्नेछु।’उनले आफूले ठाउँ परिवर्तन गरेको भन्दापनि पार्टीले दिएको जिम्मेवारीलाई समयसापेक्ष पूरा गरेको उल्लेख गर्दै भने,‘म ११ वर्षदेखि काठमाडौंमा छु, यहाँकाजनताहरुको सेवामा छु, हिजोकादिनमा म २ नम्बर क्षेत्रकाजनताहरुसँग थिएँ, ०६४ को निर्वाचनमामलाई २ नम्बर क्षेत्रकाजनताहरुले अत्यधिकबहुमतले विजयी गराउनुभयो।’ उनले आफू कोटेश्वरमा बस्ने भएकोले त्यहाँका र त्यो क्षेत्रकाजनताहरुको ऋणि भएको समेत स्विकार गरे त्यस्तै उनले आफू कोटेश्वरमापनि भाडामा बस्ने भएकोले अब ६ नम्बर क्षेत्रमा सर्ने समेत योजना सुनाए । उनले भने,‘जहाँजिम्मेवारी हुन्छ, त्यही सेवा गर्छु, अब म ६ नम्बर क्षेत्रकाजनताहरुको सेवामा म समर्पित हुन्छु।’उनले काठमाडौंकामनोहरा कोरिडोर आफ्नो अवधारणा भएकोले यही नै आफ्नो जितको मुख्यआधार भएको जिकिर गरे । उनले आफू जनताको दुःखको साथीबन्नको लागिचुनावी मैदानमाहोमिएको समेत स्पष्ट पारे विवेकशील पार्टीका काठमाडौं क्षेत्र नम्बर ६ काउम्मेद्धवार रमेश चिलुवाललेमुलुकमा पछिल्लो समय देखिएको असँगति र विसँगतीको विरुद्धमा आफ्नो उम्मेद्धवारी भएको स्पष्ट पारे । उनले भने,‘म यो गर्छु उ गर्छु भनेर उम्मेद्धवार बनेको होईन, यो क्षेत्रको असलप्रतिनिधित्वभएर देखाउँछु, अरु केही सस्तो नारा हाम्रो छैन्।’त्यस्तै उनले आफू पहिले कांग्रेस भएपनिकांग्रेस अहिले सागबाट गुन्द्रक भैसकेकोले अबगुन्द्रुककुनैपनिहालतमा सागबन्नै नसक्ने आरोप लगाए । उनले थपे,‘कांग्रेस भनेको नोकियाको फोनजस्तै भयो, अबअहिले त सामसुङ स्मार्टफोनको जमानाहो।’ उनले आफूहरु कुनै दलसँगपनिमिसिने सम्भावना नरहेको जिकिर गरे काठमाडौं ६ काउम्मेद्धवारले हातमिलाउँदै भने,‘हामी स्वस्थप्रतिष्पर्धा गर्छौं’काठमाडौं क्षेत्र नम्बर ६ काउम्मेद्धवारहरुले अबको निर्वाचनमाआफूहले स्वस्थप्रतिपष्र्धा गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमा नेपालीकांग्रेसबाट उम्मेद्धवार बनेका रक्षामन्त्री समेत रहेका नेताभीमसेनदास प्रधान, वाम गठबन्धनबाट उम्मेद्धवार बनेकामाओवादी केन्द्रका नेताझक्कुप्रसाद सुवेदी र विवेकशील पार्टीकाउम्मेद्धवार रमेश चिलुवालले पत्रकार निर्वाचनमाआफूहरुको स्वस्थप्रतिष्पर्धा हुने भन्दै क्लबले आजबाट सुरु गरेको चुनावीअभियानले आफूहरुलाई हर्षित बनाएको धारणा राखेकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?