देशलाई निकास दिन अर्जुननरसिंह केसीले अघि सारे ७ बुँदे प्रस्ताव

लोकपथ
4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न ७ बुँदे सुझाव दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले आफूले पटकपटक पार्टी केन्द्रीय समितिदेखि सरकारलाई समेत सुझाव दिएको तर सत्ताको मैमत्तापनका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए ।

साथै जेनजी देशको आगामी भविष्य रहेको भन्दै जेनजीसँग गम्भीर रुपमा वार्ता गरेर देशलाई निकास दिन ७ बुँदे सुझाव अघि सारेका छन् ।

उनले तत्काल सर्वपक्षीय गोलमेच सम्मेलन गर्दै राष्ट्रिय सरकार घोषणाको माग गरेका छन् । यसैगरी आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टचार काण्डहरुको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गरी कारबाही गर्न समेत माग गरेका छन् ।

साथै उनले यस्ता राजनीतिक आन्दोलन र तुफानहरु बरदानका रुपमा आएको हुनसक्ने भन्दै योग्य नेतृत्वको छनोट अहिलेको आवश्यक्ता रहेको समेत औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?