काठमाडौं । नेपालमा हालको जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा रहेका विदेशी नागरिकहरुलाई नेपाली सेनाले तत्काल सहयोग र सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
सेनाले आज बुधबार जारी गरेको विज्ञप्ति अनुसार, आवश्यक सहयोगका लागि विदेशी नागरिकहरुले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नुपर्नेछ। साथै, सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले पनि उद्धार तथा सहयोगको लागि आवश्यक समन्वय र सहजीकरण गर्नु पर्ने उल्लेख गरिएको छ ।
सेनाले सो कदम विदेशी नागरिकहरुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले उठाइएको हो र यसमा सबैको सहकार्य आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया