काठमाडौं । नेपाली सेनाले जेन-जी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियार, गोलीगट्ठा र अन्य सुरक्षा सामग्री तत्काल नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन अनुरोध गरेको छ।
सेनाले आज (बुधकार) विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा प्राप्त हतियारको दुरुपयोगले जनधनमा क्षति पुर्याउन सक्ने भएकोले उक्त हातहतियार सुरक्षाकर्मीलाई बुझाउन अनुरोध गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत रूपमा प्राप्त हतियारको दुरुपयोगले जनधनमा क्षति पुर्याउन सक्ने भएकोले ती सामग्री फिर्ता गर्न सबै नागरिकलाई प्रेरित गर्नुपर्नेछ।
बुझाउन अटेरी गर्ने वा सुरक्षा निकायको पोशाक अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्तिहरूमाथि कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
नेपाली सेनाले जनसुरक्षा र कानुनी जिम्मेवारी सुनिश्चित गर्दै नागरिकसँग सहकार्य गर्न पुनः आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया