ताप्लेजुङमा पहिरोले दुई घर पुरिए, दुई जना बेपत्ता

लोकपथ
7
Shares
फाइल तस्बिर

ताप्लेजुङ ।  जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुई वटा घर पुरिएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । 

पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ भने एकलाई सामान्य चोट लागेको छ । 

निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?