कैदीबन्दीले गरे डिल्लीबजार कारागारमा आगजनी, अन्यत्र झैँ आफूहरूलाई पनि छाड्न माग

लोकपथ
7
Shares

काठमाडौं । डिल्लीबजार कारागारका कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । अहिले कारागारमा आगोको मुस्लो आइरहेको छ । 

सो कारागारका प्रशासक बाबुराम अर्यालले अन्य कारागारका कैदीबन्दी छुटेकाले आफूहरूलाई पनि छोड्न माग गर्दै आगजनी र तोडफोडमा उत्रिएको बताए । 

अहिले कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?